मोदी र जेलेन्स्की बीच दूरवार्ता, युद्धको शान्तिपूर्ण समाधानका लागि आग्रह

मोदी र जेलेन्स्की बीच दूरवार्ता, युद्धको शान्तिपूर्ण समाधानका लागि आग्र

भारतीय संचार मध्यम एनडिटिभीका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सोमबार साँझ दूरवार्ता गरेका छन् । जेलेन्स्कीसँग कुराकानी गर्दै रुस-युक्रेन युद्धको “चाँडो र शान्तिपूर्ण समाधानको आवश्यकता” मा भारतको निरन्तर अडान दोहोर्याएका छन्। मोदीले एक्स (पहिले ट्विटर) मा लेख्दै भारत शान्ति स्थापनाका लागि “सम्भव भएसम्म सबै योगदान गर्न प्रतिबद्ध” रहेको बताए।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग ७२ घण्टा अघि मात्र कुरा गरेका मोदीले “राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न पाउँदा र हालैका घटनाक्रमबारे उहाँको दृष्टिकोण सुन्न पाउँदा खुशी लाग्यो” भन्दै भारत युक्रेनसँग द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउन इच्छुक रहेको बताएका छन्।

यसैबीच, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेदेखि युक्रेनको कूटनीतिक र सैन्य प्रतिक्रियाको नेतृत्व गरिरहेका जेलेन्स्कीले पनि मोदीसँगको कुराकानीबारे विस्तृत जानकारी प्रकाशन गरेका छन्।

जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई “यस युद्धलाई निरन्तरता दिनका लागि रुसको आर्थिक क्षमता कम गर्न रुसी ऊर्जा, विशेष गरी तेलको निर्यातलाई सीमित गर्नुपर्ने आवश्यकता” औंल्याएको बताए।

यो भनाइ भारतले छुटमा किनेको रुसी कच्चा तेलमाथि अमेरिकाले २५ प्रतिशत भन्सार शुल्क लगाएको सन्दर्भमा आएको हो। अमेरिका र पश्चिमा देशहरूले यस विषयमा भारतको बारम्बार आलोचना गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो “असल मित्र” भारतले “युक्रेनको युद्धलाई आर्थिक सहयोग” गरिरहेको भन्दै सिधै आरोपसमेत लगाएका छन्।

रुससँग तेलकिनेको कारण आयत कर ५० प्रतिसत पुर्याएका छन् । यसले गर्दा अमेरिका र भारत बीच अलिक सम्बन्ध बिग्रिएको छ ।

Please Share this News
  • Ramchandra Rawat

    चीप एडिटर - इंडिया न्यूज़ जक्शन

    सम्बंधित ख़बर

    पत्रकार सत्यम मिश्रा के हमलावरों की तत्काल हो गिरफ्तारी – सेराज अहमद कुरैशी

      गोंडा, उत्तर प्रदेश। इंडियन जर्नलिस्ट एसोसिएशन ® के राष्ट्रीय अध्यक्ष सेराज अहमद कुरैशी ने पत्रकार सत्यम मिश्रा पर हुए हमले की कड़ी शब्दों निंदा करते हुए कहा कि पत्रकारों…

    Please Share this News

    सीरतुन्नबी कॉम्पिटिशन सीजन-2 की विजेता बनीं नगमा खातून, जीता फ्री उमराह पैकेज व ट्राफी

      सीरतुन्नबी, कुरआन और साइंस के तालमेल पर हुआ विशेष व्याख्यान। कलमा शरीफ पढ़ने की मुहिम भी शुरू, दो करोड़ 39 लाख 58 हजार 838 दुरूद शरीफ पेश की। सेराज…

    Please Share this News

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *